भक्तपुर नगरबाट २ कि.मी. दक्षिण साविक सिपाडोल गा.वि.स मा पर्ने सूर्यविनायक क्षेत्र धार्मिक एवं ऐतिहासिक दृष्टिकोणबाट अति महत्वपुर्ण छ । यहाँको प्रसिद्ध सूर्यविनायक (गणेश) मन्दिर लिच्छिवि कालमा शिखर शैलीमा निर्माण भएको पाईन्छ । काठमाँडौ, पाटन, बनेपा, भक्तपुर जिल्लाका भक्तजनहरु हरेक मंगलवार र माघ महिनामा घुइचोका साथ यस गणेश मन्दिरको दर्शनार्थ आउने गरेको पाईन्छ । सूर्यविनायकको पुजाबाट भाग्य निर्माण हुने र सद्वुद्धि आउने आम धारणा रहेको छ । हरीयाली रमणीय डाँडा रहेको कारणले यो क्षेत्र पर्यटकीय एवं पिकनीक स्थलको रुपमा प्रख्यात छ । सूर्यविनायकको जंगलमा ९९ प्रजातिका चराचुरुङ्गी पाइने हुनाले यो स्थलले चराचुरुङ्गी आबलोकन (Bird Watching) को लागी पनी क्रमशः प्रसिद्ध पाउदै आएको छ ।
काठमाडौँ महानगरपालिका र सूर्यविनायक नगरपालिका, भक्तपुरका बीचमा शबवहन हस्तान्तरण सम्बन्धमा ।
सूर्यविनायक नगरपालिकामा २०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेदेखि हालसम्मको समग्र गतिविधि समेटिएको पुस्तक सूर्यविनायक दर्पण लोकार्पण कार्यक्रम २०७८ ।
नगर सभाको नवौं अधिवेशन ।
सूर्यविनायक नगरपालिकामा हालै सरुवा भई आउनु भएका प्रमुख प्रशासकीय अघिकृत श्री राजेन्द्र प्रसाद कडेलज्यूलाई नगरपालिकामा नगर प्रमुख श्री बासुदेव थापाज्यू, जनप्रतिनिधि र कर्मचारीहरुबाट स्वागत तथा भेटघाट कार्यक्रम कार्यक्रम ।
सातौं नगर सभा
प्रधानमन्त्रि राेजगार कार्यक्रम शुभारम्भ समाराेह
सूर्यविनायक नगरपालिका वडा नं. ५ र ७ जोड्ने बुढिगण्डकी खोला पुलको शुभारम्भ