FAQs Complain Problems

समाचार

हनुमन्ते नदि सरसफाइ अभियानकाे गैरबमय ५१ औं हप्ताकाे बिषेस कार्यक्रम

Read More

नगर प्रमुख ज्यू मायाकाे चिनाे प्रदान गर्नु हुदै ।

Read More

जेष्ठ नागरिक सम्मान

Read More

सुर्यविनायक नगरपालिका परिचय

भक्तपुर नगरबाट २ कि.मी. दक्षिण साविक सिपाडोल गा.वि.स मा पर्ने सुर्यविनायक क्षेत्र धार्मिक एवं ऐतिहासिक दृष्टिकोणबाट अति महत्वपुर्ण छ । यहाँको प्रसिद्ध सुर्य विनायक (गणेश) मन्दिर लिच्छिवि कालमा शिखरशैलीमा निर्माण भएको पाईन्छ । काठमाँडौ, पाटन, बनेपा, भक्तपुर जिल्लाका भक्तजनहरु हरेक मंगलवार र माघ महिनामा घुइचोका साथ यस गणेश मन्दिरको दर्शनार्थ आउने गरेको पाईन्छ । सुर्य विनायक को पुजाबाट भाग्य निर्माण हुने र सद्वुद्धि आउने आम धारणा रहेको छ । हरीयाली रमणीय डाँडा रहेको कारणले यो क्षेत्र पर्यटकीय एवं पिकनीक स्थलको रुपमा प्रख्यात छ । सुर्य विनायकको जंगलमा ९९ प्रजातिका चराचुरुङ्गी पाइने हुनाले यो स्थलले Bird Watching को लागी पनी क्रमशः प्रसिद्ध पाउदै आएको छ । भौगोलिक स्थिति यो नगरपालिका ३ नं प्रदेश अन्तर्गत भक्तपुर जिल्लामा पर्दछ । भौगोलिक दृष्टिबाट योे नगरपलिका पुर्व देशान्तर ८५० २३’ देखि ८५० २९’ को विचमा र उत्तर आक्षांश २७० ३७’ देखि २७० ४०’ को विचमा पर्दछ ।

नगरपालिकाको क्षेत्रफल : ४२.४५ वर्ग कि.मी. उत्तरी आक्षांश : २७० ३७’ देखि २७० ४०’ पूर्वी देशान्तर : ८५० २३’ देखि ८५० २९’ उचाई : समुद्र सतह देखि १३७२ देखि २०२५ मी. सम्म ।

भौगोलिक बनावटको दृष्टिकोणले यस नगरपालिकालाई मुख्य २ क्षेत्रमा विभाजन गर्न सकिन्छ । १. दक्षिण पहाडी क्षेत्र २. उपत्यका क्षेत्र १. दक्षिण पहाडी क्षेत्र : सिपाडोल पहाडी खण्डको पश्चिम कालीटारको पूर्व र चून देवीको दक्षिणी भेगलाई दक्षिणी पहाडी खण्डमा विभाजित गरिएको छ । यो पहाडी इलाकाको उचाइ चूनदेवीबाट बढ्दै गई गुण्डुको दक्षिणी भेगमा २०२५ मिटर सम्मको उचाईमा पुगेको छ । यस पहाडको लम्बाई करिब ४.८ कि.मि. छ । यसबाट उत्पत्ती हुने खोलामा पूर्वतिर सिपाडोल खोला र कल्का खोला दक्षिणबाट बगेर उत्तर तिर हनुमन्ते खोलामा मिल्न जान्छ । २. उपत्यका क्षेत्र : काठमाण्डौं उपत्यकाको दक्षिण पूर्वमा अवस्थित यो क्षेत्रको दक्षिण पश्चिममा गोदावरी र चारखण्डे खोलाको जलाधार रेखा तथा पूर्वमा काभ्रेपलाञ्चोक जिल्लाको पश्चिमी सिमाना रहेको छ । यस क्षेत्रको जग्गाको भिरालो पन दक्षिण र पूर्वबाट क्रमशः पश्चिम तिर १–५ डिग्री सम्मको छ । त्यसैले यस क्षेत्रका सम्पूर्ण खोलाहरु पूर्व उत्तर र दक्षिणबाट पश्चिमतर्फ बग्ने गरेका छन् ।

भिडियाे

आर्थिक वर्ष २०७६।७७ को बजेट वक्तव्य

आर्थिक वर्ष २०७६।७७ को नीति तथा कार्यक्रम

प्रथम जननिर्वाचित प्रतिनिधिहरु पद वहाली गरेको २ वर्ष पुगेको अवसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रम

२०७६ जेष्ठ १० गते शुक्रवार

सूर्यविनायक नगरपालिका

कटुञ्जे, भक्तपुर

३ नंं प्रदेश, नेपाल

 

जन प्रतिनिधि/Elected Official

श्री बासुदेव थापा
नगर प्रमुख
mayor@suryabinayakmun.gov.np
‌‌‌‌‌+977-9851095646
श्री जुना बस्नेत
उप– प्रमुख
deputymayor@suryabinayakmun.gov.np
9841553979

पदाधिकारी

कमल ज्ञवाली
प्रमुख प्रशासकीय अधिकृत
eo@suryabinayakmun.gov.np

प्रबक्ता

उपेन्द्र के‍ सी

9851049050

सूचना अधिकारी

अनिरुद्र नेपाल
सूचना अधिकारी
9841349735

सेवाहरु

सेवा प्रकारः- नेपाली नागरिकता प्रमाणपत्र तथा अन्य सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-
  1. निवेदन
  2. आमावुवाको नागरिकताको प्रतिलिपि
  3. जन्म दर्ता प्रमाणको प्रतिलिपि 
  4. शैक्षिक योग्यताको प्रतिलिपि, 
  5. विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि, श्रीमानको नागरिकताको प्रतिलिपि र माईती तर्फको आमा वा वुवाको नागरिकताको प्रतिलिपि
  6. अटोसाईज फोटो ५ प्रति.
  7. अनुसुचि १ को फाराम
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन रु १०। ग्रामिण क्षेत्र प्रति आना रु १००। शहरीक्षेत्र प्रति आना रु २००। उद्योगको लागि रु ५००।
आवश्यक कागजातहरुः-
  1. निवेदन.
  2. ज.ध.प्र पुर्जाको प्रतिलिपि 
  3. नागरिकताको प्रतिलिपि
  4. व्लुप्रिन्ट नक्सा वा ट्रेस नक्साको प्रतिलिपि
  5. चालु आ.व.सम्मको  सम्पतिकर तिरेको रसिदको प्रतिलि
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सात दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन रु १०। वाटो नभएको प्रति आना रु १००। गोरेटो वाटो प्रति आना रु २००। कच्ची मोटरवाटो प्रति आना रु ३००। पक्की मोटरवाटो प्रति आना रु ४००। प्लानिङ्गको वाटो कच्ची प्रतिआना रु ६००। प्लानिङ्गको वाटो पक्की प्रति आना रु ८००। अरनिको राजमार्ग प्रतिआना रु ८
आवश्यक कागजातहरुः-
  1. निवेदन
  2. ज.ध.प्र.पुर्जाको प्रतिलिपि .
  3. नागरिकताको प्रतिलिपि
  4. व्लुप्रिन्ट नक्सा.
  5. चालु आ.व.सम्मको सम्पतिकर तिरेको रसिदको प्रतिलिपि

(अंशवण्डा र तीन पुस्ते भित्र रजिष्टे«शन प्रयोजनका लागि ५०% छुट दिईने छ ।)

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क ३५ दिन पछि जरिवाना रु ५०।
आवश्यक कागजातहरुः-
  1. वसाईसराई गर्ने सवैको नागरिकताको प्रतिलिपी
  2. नागरिकता नहुनेको हकमा जन्मदर्ताको प्रतिलिपि . 
  3. वसाई सराई गरि आउने ठेगानावाट लगत हस्तान्तरण फाराम सहितको विवरण
  4. वसाई सराई दर्ता भएको मिति सम्मको सम्पूर्ण घट्ना दर्ता भएको हुनु पर्ने
  5. ज.ध.प्रमाण पूर्जाको प्रतिलिपि
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- नगरपालिकाले सम्पतीकर लिने प्रयोजनको लागि गरेको मूल्याङ्कन अनुसार
आवश्यक कागजातहरुः-
  1. नागरिकताको प्रतिलिपि.
  2. ज.ध.प्र.पुर्जाको प्रतिलिपि.
  3. घरको हकमा भवन निर्माण ईजाजत वा निर्माण सम्पन्न प्रमाण वा अभिलेखीकरण पत्रको प्रतिलिपि.  
  4. गत आ.व.सम्मको सम्पतिकर तिरेको रसिदको प्रतिलिपि
  5. अनुसुचि फाराम
सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन रु १०। सिफारिश रु १००।
आवश्यक कागजातहरुः-
  1. निवेदन
  2. विधान १ प्रति
  3. पदाधिकारीहरुको नागरिकता प्रतिलिपि
  4. संस्था आफ्नै घरमा वस्ने भए ज.ध. प्रमाण पूर्जा र नक्सापास  वा अभिलेखीकरण प्रमाण पत्रको प्रतिलिपि तथा सम्पत्ति कर तिरेको रसिद
  5. संस्था वहालमा वस्ने भए सम्झैता पत्र र वहालकर तिरेको रसिद
     
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन रु १०। सिफारिश रु २००। उद्योगको लागि प्रति किलोवाट रु १०००।
आवश्यक कागजातहरुः-
  1. .निवेदन.
  2. ज.ध.प्र.पुर्जाको प्रतिलिपि.
  3. नागरिकताको प्रतिलिपि
  4. चालु आ.व.सम्मको सम्पति कर तिरेको रसिदको प्रतिलिपि
  5. घर नक्सापास प्रमाणपत्रको प्रतिलिपी
     
सेवा प्रकारः- याेजना
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-
  1. निवेदन
  2. उपभोक्ताहरुको भेलाको माईन्युटको प्रतिलिपी
  3. समितिका पदाधिकारीहरुको नागरिकतााको प्रतिलिपि
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन रु १०। धितोको लागि प्रति हजार रु १। (विदेश अध्ययनको लागि रु ५० लाख सम्म रु ७५०। रु १ करोड सम्म रु २५००। रु १ करोड माथि रु ५०००।)
आवश्यक कागजातहरुः-
  1. निवेदन
  2. नागरिकताको प्रतिलिपि
  3. चालु आ.व.सम्मको सम्पति कर तिरेको रसिदको प्रतिलिपि
  4. ज.ध.प्रमाण पूर्जाको प्रतिलिपि
     

जानकारी

Pages