समाचार
सूर्यविनायक नगर अस्पतालकाे भवनकाे विस्तृत परियाेजना प्रतिवेदन (DPR) काे प्रस्तुतीकरण कार्यक्रम
सूर्यविनायक नगरपालिका बाट सञ्चालित सूर्यविनायक नगर अस्पताल जगाती लाई सुविधा सम्पन्न अस्पताल बनाउने उद्देश्य बाेकेकाे सूर्यविनायक नगरपालिकाकाे लामाे प्रयत्न पश्चात भवन निर्माणका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट बजेट विनियाेजन भई उक्त भवनका लागि तयार भएकाे विस्तृत परियाेजना प्रतिवेदन (DPR) आज मिति २०७९/०६/१२ गतेका दिन अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् नगर प्रमुख श्री बासुदेव थापा ज्यू सहित व्यवस्थापन समितिका पदाधिकारीहरूकाे उपस्थितीमा प्रस्तुत गरियाे । DPR काे मस्याैदा उपर उप प्रमुख श्री सरिता तिमसिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत श्री राजेन्द्र प्रसाद कडेल, नगरपालिकाका प्रवक्ता श्री रविन्द्र सापकाेटा लगायन वरिष्ठ ई. जनक न्याैपाने एवम् अन्य पदाधिकारीहरूले विभिन्न सुझावहरू प्रस्तुत गर्नु भयाे । नगर प्रमुख ज्यू का तर्फ बाट यस प्रस्तुतिका क्रममा प्राप्त सुझावहरूलाई समेटेर १ साता भित्र अन्तिम प्रतिवेदन नगरपालिका समक्ष पेश गर्न निर्देशन दिदै तत्काल निर्माण प्रकृया अगाडी बढाइने विषय जानकारी भयाे ।