FAQs Complain Problems

सूर्यविनायक नगर गान

"सूर्यविनायक नगर गान"

( सूर्यविनायक हाम्रो स्वाभिमान् 

हाम्रो नगर हाम्रो पहिचान् ) ………………..२ 

रीतिस्थिति सभ्यता र संस्कृति हो प्राण 

विस्का जात्रा, गाईजात्रा, कूलपूजा ल्होसार 

डम्फू, मादल, धिमे, घण्ट सम्पदा अपार 

चैत्य गुम्वा मन्दिर आहा संगम आस्था र कलाको

पवित्र भूमि यही हो शिव सभ्यताको 

एक छौँ 

एक छौँ हामी; भाषा, धर्म, जाति छौँ अनेक………………..२

विकासमा अग्रणी छ सूर्यविनायक……………………………….२ 

छरेका छौँ साहित्यले जागरणको ज्योति 

कृषि, उद्यम, पर्यटनले चम्किएको मोति 

सिरुटार, बालकोट, गुण्डू, सिपाडोल  

दधिकोट, नङ्खेल, कटुञ्जे, चित्तपोल 

अष्टरङ्गी उद्यान विविधतामा एक………………….२ 

स्वच्छ, सभ्य, समृद्ध , हाम्रो सूर्यविनायक ।……………२ 

सूर्यविनायक ………………….२ 

सूर्यविनायकको नगरगान डाउनलोड गर्न यहाँ Click गर्नुहोस ।