FAQs Complain Problems

समाचार

आ. व. २०८३/०८४, कर छुट सम्बन्धी महत्वपूर्ण जानकारी ।

कर छुट सम्बन्धी महत्वपूर्ण जानकारी

आ. व. २०८३/०८४

सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ मा देहायबमोजिमका कर तथा शुल्कमा छुट तथा सहुलियतको व्यवस्था गरेको छ ।

- नगरपालिकाका विस्तारित सडकहरूमा नक्सा अभिलेखीकरण गर्दा गैरनाफामूलक तथा सामुदायिक संस्थाका भवनमा लाग्ने नक्सा पास दस्तुरमा १५% छुट ।

- आ. व. को असोज मसान्तभित्र सम्पत्ति कर, भूमिकर तथा व्यवसाय कर तिर्ने करदातालाई लाग्ने सम्पत्ति, भूमि र व्यवसाय करमा १०% छुट ।

- विगत वर्षहरूको कर, शुल्क तथा महसुल चालु आ. व. को पुस मसान्तसम्म तिरेमा लाग्ने जरिवाना रकममा ५०% छुट ।

- महिलाको नाममा वा महिला र पुरुषको साझेदारीमा लघु तथा घरेलु उद्योग दर्ता गर्दा लाग्ने दर्ता दस्तुरमा १५% छुट ।

- एकल महिला, अपाङ्गता तथा लैङ्गिक अल्पसंख्यक उद्यमीको स्वामित्वमा सञ्चालित लघु तथा घरेलु उद्योग दर्ता तथा नवीकरण गर्दा लाग्ने दर्ता दस्तुरमा २५% छुट ।

- विपद्, महामारी तथा संकटग्रस्त अवस्थाबाट प्रभावित करदातालाई कर वा सोको अंशमा निर्णयबमोजिम छुट ।

- नगरपालिकाबाट इजाजत प्राप्त ‘घ’ वर्गका निर्माण व्यवसायीलाई वार्षिक करमा १०% छुट ।

- आय सङ्कलनका लागि एकमुष्ट रकम बुझाई सम्झौता गर्ने फर्म वा कम्पनीलाई एकमुष्ट रकममा अधिकतम ५% छुट ।

- अपाङ्गता भएका व्यक्तिको उद्योग/व्यवसाय सुरु दर्ता गर्दा ‘घ’ वर्गमा १०% तथा अन्यमा १५% छुट ।

समयमै कर तिरौँ, उपलब्ध छुट तथा सहुलियतको लाभ लिऔँ ।

“कर तिर्नु नागरिकको कर्तव्य, समृद्ध सूर्यविनायक हामी सबैको चाहना ।”

सूर्यविनायक नगरपालिका