FAQs Complain Problems

समाचार

अन्तरनगर मेयर कप पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन सूर्यविनायक नगरपालिका

सूर्यविनायक नगरपालिका भक्तपुरमा मंगलबार सम्पन्न अन्तरनगर मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । भक्तपुर नगरपालिकाद्वारा आयोजित प्रतियोगिताको फाइनलमा कैलालीको गोदावरी नपालाई ३-१ सेटमा पन्छायो । सूर्यविनायकले २३-२५, २५-२३, २५-२३, २५-१५ को जित निकालेको थियो । उपाधिसँगै सूर्यविनायकले एक लाख ५१ हजार रुपैयाँ पुरस्कार पायो ।