FAQs Complain Problems

समाचार

सुर्यविनायक नगरमा बायोमास बिजुलीको सम्भावना

राष्ट्रिय योजना आयोगले ७५३ स्थानीयत तहमा उर्जा उत्पादनको सम्भाव्यता अध्ययन गरेको छ। दिगो विकास लक्ष्यअनुसार स्वच्छ उर्जामा सबैको पहुँच पुर्याउन राष्ट्रिय ग्रिडबाटमात्र सम्भवन नहुने भन्दै आयोगले प्रत्येक स्थानीय तह आफैले उर्जा उत्पादन गर्नसक्ने भन्दै सम्भाव्यता अध्ययन गरेको हो। अध्ययनअनुसार २७७ तहमा ५०० देखि १००० किलोवाट क्षमताका जलविद्युत आयोजना निर्माण गर्नसकिने छ। ४५६ वटा साइटबाट ३८३ मेगावाट विजुली उत्पादन गर्नसकिने छ। त्यस्तै ५० नगरपालिकाहरुमा बायोमासको सम्भाव्यता देखाइएको छ। जनघनत्व बढी भएका सहरी क्षेत्रमा फोहरबाट बायोमास उर्जा उत्पादन गर्नसकिने आयोगको प्रतिवेदनको निष्कर्ष छ। तीन ठाउँमा वायु उर्जाको सम्भाव्यता देखाएको आयोगले बाँकीमा सौर्य उर्जाको सम्भाव्यता देखाएको छ।

कुन गाउँ/नगरपालिकामा कस्तो उर्जाको सम्भावना छ? click here

 

Supporting Documents: