FAQs Complain Problems

समाचार

बाढी तथा विपद् प्रभावितका लागि मनोसामाजिक सहयोग सम्बन्धी सूचना ।

बाढी तथा विपद् प्रभावितका लागि मनोसामाजिक सहयोग सम्बन्धी सूचना ।
"विपद्‌को समयमा तपाईंको मानसिक स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण छ।"
हालैको रसुवा जिल्लामा आएको बाढी तथा विपद्‌का कारण प्रभावित नागरिकहरूमा डर, चिन्ता, तनाव, असुरक्षा, निद्रामा समस्या मन आत्तिने, दुःख, बेचैनी तथा मानसिक रूपमा असहज महसुस हुने जस्ता समस्या देखिन सक्छन्। यस्ता प्रतिक्रिया विपद पछि देखिनसक्ने स्वभाविक मानविय प्रतिक्रिया हुन् ।
यदि तपाईं वा तपाईंका परिवारका कुनै सदस्यले यस्ता समस्या अनुभव गरिरहनुभएको छ भने एक्लै सहेर बस्नु आवश्यक छैन्। आफ्ना मनका कुरा सुरक्षितरूपमा व्यक्त गर्न, भावनात्मक सहयोग प्राप्त गर्न तथा आवश्यक मनोसामाजिक परामर्श लिन यस नगरपालिकाका मनोसामाजिक परामर्शकर्तासँग सम्पर्क गर्न सक्नुहुनेछ ।

सहयोगका लागि सम्पर्क
मनोपरामर्शकर्ताः
सम्पर्क नं. ९८४९८३७३८६

डर, तनाब वा पीडा महसुस हुनु कमजोरी होइन। विपद्‌का बेला मनमा विभिन्न प्रकारका भावनाहरू आउनु स्वाभाविक हो। आवश्यक पर्दा सहयोग माग्नु कमजोरी होइन, आफू र आफ्ना प्रियजनको मानसिक स्वास्थ्यप्रति जिम्मेवार हुने साहसिक कदम हो ।