FAQs Complain Problems

समाचार

सामाजिक सुरक्षा परिचयपत्र नवीकरण सम्वन्धी अत्यन्त जरुरी सूचना ।

सामाजिक सुरक्षा परिचयपत्र नवीकरण सम्वन्धी अत्यन्त जरुरी सूचना ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका जेष्ठ नागरिक, एकल महिला, अशक्त/अपाङ्गता भएका व्यक्ति र ५ वर्ष भन्दा कम उमेरका दलित बालबालिकाले श्रावण १ देखि भाद्र मसान्तसम्म अनिवार्य रुपमा परिचयपत्र नवीकरण गर्न अनुरोध गर्दछौ ।

याद गर्नुहोस है, नवीकरण गर्ने मिति : २०८२ साल श्रावण १ देखि भाद्र मसान्तसम्म ।

सामाजिक सुरक्षा भत्ता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचय पत्र लिएर अनिवार्य आफ्नो स्थायी ठेगाना रहेको वडामा लाभग्राही स्वंय वा संरक्षक/माथवरको उपस्थितीमा नाम नवीकरण गराउन सकिन्छ ।

यदि तोकिएको समयमा कसैले नवीकरण नगराएमा प्रणालीबाट नाम हट्ने छ ।

पुनः नयाँ लाभग्राहीका रुपमा नाम दर्ता गर्नु पर्नेछ र सो विचको अवधिको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने छैन ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभग्राहीले नयाँ नामावलीमा सूचिकृत हुन समेत आफ्नो वडामा सम्पर्क गरौं ।

सूर्यविनायक नगरपालिका
कटुञ्जे, भक्तपुर