समाचार
सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना ।
यस सूर्यविनायक नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका देहायका लाभग्राहीहरुरुको यस आ. व २०७९/०८० को लागि सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न बाँकी रहेको हुँदा सुचना जारी गरी २०७९ कार्तिक मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा गई सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्नुहुन अनुरोध छ ।
यदि तोकिएको समय भित्र सामाजिक सुरक्षा परिचयपत्र नवीकरण नभएमा उक्त लाभग्राहीको नाम प्रणालीबाट हट्नेछ ।
पुनः नयाँ लाभग्राहीका रुपमा नाम दर्ता गर्नु पर्नेछ र सो विचको अवधिको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने छैन ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य नयाँ लाभग्राहीले निवेदन दिएको अर्को महिना देखि मात्र भत्ता पाउने भएकोले समयमा नै नामावलीमा सूचिकृत हुन आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरौं ।
सूर्यविनायक नगरपालिका
कटुञ्जे, भक्तपुर
Supporting Documents: