FAQs Complain Problems

बायोग्यास उत्पादन गर्ने लक्ष्यसहित भयो बैकल्पिक उर्जासँग भयो संझौता

सूर्यविनायक नगरपालिकाले नगरपालिकालिकाभित्र उत्पादन हुने फोहरबाट वैकल्पिक उर्जाको रुपमा वायोग्यास उत्पादन गर्ने भएको छ । फोहोरबाट मोहोर कमाउने योजनासहित सूर्यबिनायक नगरपालिकाका मेयर बासुदेव थापाले फोहोरबाट बायाृग्यास उत्पादन प्रक्रिया अगाडि बढाउने योजना ल्याएका हुन ।

बायो ग्यास उत्पादनका लागि सम्भाव्यता अध्ययन गर्न नेपाल सरकार वैकल्पिक उर्जा प्रबर्धन केन्द्र अन्तर्गत नविकरणीय उर्जा विस्तार कार्यक्रम र सूर्यविनायक नगरपालिकाबीच आइतवारसम्झौता पत्रमा हस्ताक्षर भएको छ । आगामी १३ महिनाभित्र बायोग्यास उत्पादन गर्ने लक्ष्यसहित गरिएको उक्त सम्झौतापत्रमा उर्जा मन्त्रालय वैकल्पिक उर्जा प्रबर्धन केन्द्रका वरिष्ठ अधिकृत प्रकाश अर्याल तथा सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि तिमल्सिनाले हस्ताक्षर गरे ।

परियोजनाका लागि झण्डै ३० रोपनी जग्गा आवश्यक पर्ने भएकाले सम्भाव्यता अध्ययन गर्ने क्रममा उक्त स्थानको समेत पहिचान गरिने नगरपालिकाका मेयर थापाले जानकारी दिए

करिब १८ करोडको लागतमा निर्माण सम्पन्न हुने यो परियोजनामा एशियाली विकास बैंक र नेपाल सरकारको ४० प्रतिशत अनुदान र नगरपालिकाको ६० प्रतिशत लगानीमा सम्पन्न हुने बताइएको छ । हाल सूर्यविनायक नगरपालिकाबाट दैनिक ४५ टन फोहर उत्पादन हुने अनुमान गरिएको छ भने सोबाट दैनिक १५ सय घनमिटर बायोग्यास उत्पादन गर्न सकिने छ ।

यो परियोजनाबाट दैनिक ५० सिलिण्डर ग्यास उत्पादन गर्न सकिने र प्रतिदिन ५ हजार किलो जैविक मल समेत उत्पादन गर्न सकिने वैकल्पिक उर्जा प्रबर्धन केन्द्रका बिज्ञ प्रकाश अर्यालले जानकारी दिए । उक्त परियोजनाका लागि झण्डै ३० रोपनी जग्गा आवश्यक पर्ने भएकाले सम्भाव्यता अध्ययन गर्ने क्रममा उक्त स्थानको समेत पहिचान गरिने नगरपालिकाका मेयर थापाले जानकारी दिए ।